मधेस प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला बनाउने खेलकुद मन्त्री चौधरीको भनाइ

Jantedhunga

सिरहा, १७ भदौ : युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले मधेस प्रदेशमा सुविधा सम्पन्न रङ्गशाला बनाउने बताउनुभएको छ । मधेस प्रदेशमा हालसम्म एउटा पनि रङ्गशाला नभएकाले आफ्नै कार्यकालमा एउटा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्ने उहाँले बताउनुभएको हो । 

आज सिरहाको लहानमा नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति क्षेत्र नं. १ सिरहाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री चौधरीले प्रदेशको राजधानी जनकपुरमा एउटा रङ्गशाला नभएको प्रसङ्ग उल्लेख गर्नुभयो । “यहाँका अन्य जिल्लामा पनि छैन, अनि कसरी मधेसमा खेलकुदको विकास हुन्छ ?”, उहाँले भन्नुभयो । उहाँले आगामी दशाँै राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णाली प्रदेशमा यही वर्षभित्र आयोजना हुने जानकारी पनि दिनुभयो ।

 त्यसपछि ११औँ संस्करणको राष्ट्रिय खेलकुद प्रतियोगिता मधेस प्रदेशमै हुने र त्यसका लागि सुविधा सम्पन्न रङ्गशाला निर्माण गरिने उहाँको भनाइ छ । मन्त्री चौधरीले राष्ट्रको सर्वाङ्गिण विकासका लागि खेलकुदको विकास हुनु उत्तिकै जरुरी रहेको धारणा राख्नुभयो । उहाँले आफ्ना छोराछोरीलाई खेलकुदमा लगाउन आग्रह गर्नुभयो । खेलकुदले राष्ट्रको पहिचान र प्रतिष्ठा बढाउने उहाँले बताउनुभयो । 

 मन्त्री चौधरीले ११औँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई मध्यनजर गरी मधेस प्रदेशको वीरगञ्ज, जनकपुरधाम र राजविराजमा पूर्वाधार निर्माणलाई तीव्रता दिने बताउनुभयो । यसक्रममा जीर्ण रहेको वीरगञ्जस्थित नारायणी रङ्गशालाको केही दिनअघि निरीक्षण गरेको र आइतबार मात्र जनकपुरधामको रामजानकी रङ्गशालाको निरीक्षण गरेको जानकारी दिनुभयो ।  

नेपाली कांग्रेस सिरहाका जनप्रतिनिधि, नेता तथा कार्यकर्ताले मन्त्री चौधरीलाई स्वागत र सम्मान गर्दै मधेसको खेलकुद क्षेत्रलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेका थिए ।

प्रतिक्रिया