दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दिप्रुङ चुइचुम्मा प्राज्ञ समाजद्दारा आयोजित दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रायोजनमा खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता आज गाउँपालिकाको सभाहलमा सम्पन भएको छ।
हिजो चैत्र २९ गते कार्यक्रम प्राज्ञ समाज दिप्रुङ चुइचुम्माका अध्यक्ष नरेन्द्र निर्विकारको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आथित्यमा उद्घाटन भएको थियो। हिजो पहिलो दिन दिप्रुङ चुइचुम्मा गाउँपालिकाको माटोमा जन्मिएर देशका ख्याती प्राप्त प्राज्ञ बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो।
मुलुकभरबाट कवि, साहित्यकार, श्रेष्टालगायतको उपस्थिति रहेको थियो। दुई दिनसम्म संचालन भएको राष्ट्रव्यापी खुल्ला कविता प्रतियोगितामा देशभरबाट कविहरु सहभागी भएका थिए। पहिलो चरणमा सहभागी ६७ कविहरुको रचनामध्ये १५ सहभागीको कविता वाचन सुचिका लागि छनोट गरेको थियो।
छनौट भएका १५ कविहरुले आज दोस्रो दिन वाचनासहितको प्रस्तुतीमा सहभागी भएका थिए। जसमध्ये अनिल सुवेदी उदयपुर र रुपक जमरा सिन्दुलीले सान्त्वना स्थान, अनाम जमरा सिन्दुली तृतीय, भरत थापा धनकुटा द्दितिय र सुनी पोखरेल उदयपुरले प्रथम स्थान प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितात्मक कविता वाचन सहित युवा पुस्ताका चर्चित कवि तथा पद्मश्री पुरस्कार विजेता नवराज पराजुली, युवा पुस्ताका चर्चित गायक उज्वलसागर लगाएतका कवि तथा गायकसहित ख्याती प्राप्त प्राज्ञ ब्यक्तित्वहरु, कवि, श्रेष्टाहरुको उपस्थितिमा कविता कन्सर्ट तथा लाइभ पर्फमेन्ससमेत भएको थियो भने धुप्रै स्थानीय तथा राष्ट्रिय श्रष्टा र सर्जकहरुले कविता, गजल, गितलगायतका सांगीतिक प्रस्तुति प्रस्तुत गरेका थिए।
