नेपालगञ्ज, असार ७ । बाँकेको खजुरा गाउँपालिका–५ उढरापुरबाट ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
शनिबार राति करिब १०:३० बजे लागूऔषध नियन्त्रण ब्युरो शाखा नेपालगञ्ज र इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको संयुक्त प्रहरी टोलीले शंकास्पद अवस्थामा उभिरहेका स्थानीय ३१ वर्षीय मुजमिल खाँलाई नियन्त्रणमा लिई खानतलासी गरेको थियो।
प्रहरीले उनको साथबाट ३५ ग्राम १९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको जनाएको छ। बरामद लागूऔषधसहित खाँलाई पक्राउ गरी आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण तथा ओसारपसार रोकथामका लागि सुरक्षा निकायले विशेष अभियानलाई निरन्तरता दिएको बताइएको छ।
Jantedhunga
sunday 21 jun 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो