बाढीले जनधनमा क्षति पुर्‍याएकोप्रति कम्युनिस्ट समाजवादी पार्टीद्वारा दु:ख व्यक्त

Jantedhunga

काठमाडौं । रसुवाको ल्हेन्दे खोलामा  आएको बाढीले  जनधनमा क्षति पुर्‍याएकोप्रति कम्युनिस्ट समाजवादी पार्टी, नेपालले दुःख व्यक्त गर्दै सरकारलाई जवाफदेही र गम्भीर बन्न आग्रह गरेको छ।

पार्टीका संयोजक हरिकृष्ण गजुरेल ‘भाष्कर’द्वारा जारी विज्ञप्तिमा बाढीमा परी नागरिकको मृत्यु र बेपत्ता भएको, सयौं सवारीसाधन तथा नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको प्रति दु:ख व्यक्त गर्दै पीडितहरूको तत्काल उद्धार, राहत र दीर्घकालीन समाधानमा ध्यान दिन सरकारसंग आग्रह गरेको छ।

Jantedhunga
प्रतिक्रिया