भौतिक पुर्वाधार विकास मन्त्री राई द्वारा फोक्सिङटारको पुल अनुगमन

Jantedhunga

खोटाङ ।कोसी प्रदेशका भौतिक पुर्वाधार विकास मन्त्री भूपेन्द्र राईले आज फोक्सिङटारको पुल अनुगमन तथा निरीक्षण गरेका छन् ।

अविरल वर्षाका कारण खोटाङ जिल्लाको दक्षिणी भेग लाई तराई संग जोड्ने  फोक्सिङटार स्थित मोटरेबल पक्की पुल कोसीले बगाएपछि खोटाङ प्रदेश "ख" बाट प्रत्यक्ष निर्वाचित मन्त्री राई उक्त पुल र सगरमाथा लोक मार्ग अन्तर्गत उदयपुर खण्डको सडक निरीक्षण गर्न गाईघाट दिक्तेल सडक कार्यालयका इन्जिनियर सहितको टोलि लिएर फोक्सिङटार पुगेका हुन् ।

पुलको निरीक्षण तथा अनुगमन पश्चात् गाईघाट दिक्तेल सडकको मर्मत तथा सरसफाइ गर्न र फोक्सिङटार देखि रसुवाघाट सम्मको सडक दुईदिन भित्र मर्मत गरिसक्ने गरि काम गर्न सम्बन्धित कार्यालयलाई मन्त्री राईले निर्देशन दिएका छन् ।

मन्त्री राईले  कोसीमा पानीको बहाव घट्ना साथ बेलि बृज जोड्न  पनि आजै देखि प्रक्रिया सुरु गर्न भन्दै सम्बन्धित पक्षलाई सुझाएका छन् ।

कोसीले बगाएको मोटरेबल पुल निर्माण व्यवसायीले ठेक्का सम्झौता अनुसार सम्पन्न गरिनसकेका कारण सरकारलाई हस्तान्तरण समेत नभएकोले  अबको प्रक्रिया र पुल चाँडो बन्ने सुनिश्चितताको निम्ति आफूले पहल कदमी अगाडि बढाई सकेको समेत  मन्त्री राईले बताएका छन् ।

फोक्सिङटारको उदयपुर खण्ड तिर मात्र पुगेका  मन्त्री राईले पुल बगाउँदा मन दुखेको र आज अनुगमन र निरीक्षणको क्रममा आफ्नो गृह जिल्ला खोटाङ पुग्न नपाउदा झनै मन दुखेको र पिडाको भारी बोकेर फर्किएको भन्दै दुख व्यक्त गरेका छन् ।

Jantedhunga
प्रतिक्रिया