दिप्रुङ चुइचुम्मा गाउँपालिकामा दिप्रुङ चुइचुम्मा प्राज्ञ समाजद्दारा आयोजित दिप्रुङ चुइचुम्मा गाउँपालिकाको प्रायोजनमा खुल्ला राष्ट्रव्यापी कविता प्रतियोगिता तथा श्रष्टा सम्मान कार्यक्रम आज गाउँपालिकाको सभाहलमा उद्घाटन भएको छ।
कार्यक्रम प्राज्ञ समाज दिप्रुङ चुइचुम्माका अध्यक्ष नरेन्द्र निर्विकारको अध्यक्षता र नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको प्रमुख आथित्यमा उद्घाटन भएको हो। आज पहिलो दिन दिप्रुङ चुइचुम्मा गाउँपालिकाको माटोमा जन्मिएर देशका ख्याती प्राप्त प्राज्ञ ब्यक्तित्व बच्चुकैलाश बस्नेत, ससस्त्र प्रहरी बलका पुर्व आइजिपी सनत बस्नेत, लेखक तथा राजनितीक विश्लेषक हरि रोक्का, डा. के.के. राई, साहित्यकार तथा राजनीतिज्ञ बिष्णु आभुषण, डा.कैलाश राई, नगेन्द्रराज रेग्मीलगायत बिशिष्ट ब्यक्तित्वहरुलाई सम्मान गरेको छ। कार्यक्रममा विशेष अतिथिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदी, मदन पुरस्कार बिजेता अम्बर न्यौपाने, कवि तथा प्राध्यापक विष्णु ज्ञवाली, गाउँपालिका अध्यक्ष लोकेन्द्र राईज्यूलगायत मुलुकभरबाट कवि, साहित्यकार, श्रेष्टालगायतको उपस्थिति रहेको थियो।
आज पहिलो दिन उद्घाटन समारोहमा ख्याती प्राप्त कवि, श्रष्टालगाएत बिशिष्ट ब्यक्तित्वहरुले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो। प्रमुख अतिथिको रुपमा बोल्दैदिप्रुङ चुइचुम्माले ६७ बर्ष पछि पहिलो पटक नेपाल प्रज्ञा प्रतिष्ठानल जनाता र आफ्नो माटोमा जन्मिएर देशका विभिन्न क्षेत्रमा योगदान पुर्याउनु भएको विशिष्ट ब्यक्तिहरुलाई आफू जन्मिएको माटोसंग जोडेको बताउनु भयो।
दुई दिनसम्म संचालन हुने राष्ट्रव्यापी कार्यक्रममा भोलि दोस्रो दिन राष्ट्रिय स्तरको खुल्ला कविता वाचनसहित कविता कन्सर्ट हुने भएको छ। युवा पुस्ताका चर्चित कवि तथा पद्मश्री पुरस्कार विजेता नवराज पराजुली, युवा पुस्ताका चर्चित गायक उज्वलसागर लगाएतका कवि तथा गायकसहित ख्याती प्राप्त प्राज्ञ ब्यक्तित्वहरु, कवि, श्रेष्टाहरुको उपस्थिति हुने प्राज्ञ समाज दिप्रुङ चुइचुम्माका उपाध्यक्ष केशवराज कार्कीले जानकारी दिनु भयो।
