कक्षा १२ को पूरक परीक्षाको नतिजा सार्वजनिक : ८१.१९ प्रतिशत विद्यार्थी सफल

Jantedhunga

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले गत साउन २ र ३ गते सञ्चालन गरेको कक्षा १२ को पूरक (ग्रेडवृद्धि) परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ।

बोर्डका अनुसार परीक्षामा सहभागी कुल ७१ हजार ३१० परीक्षार्थीमध्ये ५८ हजार ८ सय ९७ जना अर्थात् ८१.१९ प्रतिशत विद्यार्थीले सबै विषयमा ग्रेड प्राप्त गर्दै सफलता हासिल गरेका छन्।

यसैबीच, परीक्षा मर्यादा उल्लंघन गरेको आरोपमा ३ जना परीक्षार्थीको नतिजा रद्द गरिएको बोर्डले जनाएको छ।

नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीहरूले प्रतिविषय १ हजार रुपैयाँ दस्तुर तिरेर साउन २४ गतेदेखि ३० गतेसम्म अनलाइनमार्फत पुनर्योग (Re-totaling) का लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको बोर्डले जनाएको छ।

त्यसैगरी, कम्तीमा ‘डी’ ग्रेड प्राप्त गरेका विद्यार्थीहरूले नतिजा सार्वजनिक भएको १० दिनपछि आवश्यक दस्तुर बुझाई ट्रान्सक्रिप्ट तथा अन्य प्रमाणपत्रका लागि आवेदन दिन सक्ने बोर्डले जानकारी दिएको छ।

Jantedhunga
प्रतिक्रिया