जन्तेढुंगा संवाददाता
खोटाङ । हलेसी क्षेत्र खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजना अन्तर्गत दूधकोशीको पानी हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडामा पुर्याइएको छ । हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको लुलिमाबाट दूधकोशीको पानी परीक्षण स्वरुप भुम्जुडाँडा निकालिएको हो ।
दूधकोशीबाट १ सय ५० एमएमको पाइपमार्फत् ४ हजार ५ सय मिटरमाथि रहेको डाँडामा पानी निकालिएको सङ्घीय खानेपानी ढल व्यवस्थापन आयोजना खोटाङका प्रमुख हेराकाजी महर्जनले बताउनुभयो । भुम्जुडाँडामा पानी निकाल्ने प्रयासको सफल परीक्षण भएसँगै स्थानीय उत्साहित भएका छन् ।
दूधकोशीको पानीलाई हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाको भुम्जुडाँडा र हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानको काभ्रेडाँडामा पानी निकालेर वितरण गर्ने लक्ष्यकासाथ २०७४ सालदेखि करिब एक अर्बको लिफ्टिङ आयोजनाको काम अघि बढाइएको थियो । दूधकोशीको लुलिमाबाट भुम्जुडाँडा र महादेवबेसीबाट काभ्रेडाँडामा पानी निकाल्ने मेनलाइनको ठेक्का दिवा–महादेव खिम्तीले गरिरहेको छ ।
स्रोत नमस्ते खोटाङ फेसबुक पेजबाट
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो