काठमाडौँ । नेकपा (एमाले) को स्थायी कमिटी बैठकले १३ जनालाई पार्टीको केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ।
पार्टी सचिव महेश बस्नेतका अनुसार केन्द्रीय कमिटीमा मनोनीत हुनेमा शृजना राई, पुष्पा केसी, सावित्रा अर्याल, इन्दु कडेरिया, सीता पंगेनी, सीता अधिकारी, धर्मनाथ प्रसाद शाह, तेजमान कङ्गदवा, टंक आङ्ग्बुहाङ्ग, नवीन रोका, मिनप्रसाद गुरुङ्ग, डबल पाण्डे र तेजेन्द्र केसी रहेका छन्।
बैठकले पार्टीका बाँकी एजेन्डा उपयुक्त समयमा अध्यक्षले बैठक बोलाएर टुंग्याउने निर्णय गरेको छ। सचिव बस्नेतले बैठकका निर्णयबारे जानकारी दिँदै बाँकी विषय अध्यक्षले बोलाउने आगामी बैठकबाट टुंगो लगाइने बताएका हुन्।
एमालेको संगठनात्मक संरचना तथा पार्टीका विभिन्न कमिटीसम्बन्धी निर्णयका क्रममा केन्द्रीय कमिटी सदस्य मनोनयनलाई महत्त्वपूर्ण विषयका रूपमा हेरिएको छ।
Jantedhunga
saturday 10 oct 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो