काठमाडौं । भक्तपुरमा स्कुटर दुर्घटनामा परी एक पुरुषको ज्यान गएको छ। मंगलबार राति सानोठिमीमा बा.प्र.०२–०२८ प ६६१० नम्बरको स्कुटर दुर्घटना हुँदा झापाको भद्रपुर घर भई धुन्चेपाखा बस्दै आएका ३१ वर्षीय निश्चल राजभण्डारीको मृत्यु भएको हो।
दुर्घटनामा स्कुटरमा सवार उनकी पत्नी २८ वर्षीया पूजा श्रेष्ठ गम्भीर घाइते भएकी छन्। उनको भक्तपुरमा रहेको इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।
दुर्घटनामा पतिपत्नी नै गम्भीर घाइते भएकोमा भण्डारीको उपचारको क्रममा नर्भिक अस्पतालमा निधन भएको हो।
उनको शव पोस्टमार्टमको लागि आज बिहान टिचिङ अस्पताल लगिएको छ। अध्ययनका लागि अष्ट्रेलिया बस्दै आएका उनीहरू केही दिनअघि मात्रै नेपाल आएका थिए।
अस्ट्रेलिया जानुपूर्व सामान किनेर कोठामा फर्किंदै गर्दा दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
Jantedhunga
friday 03 jan 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो