काठमाडौ । यूएईको आबुधाबीमा इरानी ड्रोन आक्रमणमा परी मृत्यु हुने नेपाली नागरिक गोरखाका दिवस श्रेष्ठ रहेको युएईस्थित नेपाली राजदुतावासले जानकारी दिएको छ। उनी २९ वर्षका थिए।
यूएई सरकारले त्यहाँस्थित नेपाली राजदूतावासमार्फत् नेपाल सरकारलाई मृतकबारे जानकारी उपलब्ध गराएको हो।
अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा ड्रोन निष्क्रिय पार्ने क्रममा श्रेष्ठको मृत्यु भएको बताइएको छ। उनी सुरक्षा गार्डको रूपमा कार्यरत थिए।
त्यहाँ उनीसहित तीन जनाको मृत्यु भएको यूएईको विदेश मन्त्रालयले जनाएको छ।
परिस्थिति सहज भएपश्चात् श्रेष्ठको शव स्वदेश फिर्ता पठाइने नेपाली राजदूतावासले जनाएको छ।
Jantedhunga
monday 02 mar 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो