धादिङको खरी केन्द्रबिन्दु भएर६.१ रेक्टर स्केलको भुकम्प १ जना घाइते,सामान्य क्षति

Jantedhunga

काठमाडौँ, धादिङको  खरी आसपास केन्द्रबिन्दु बनाएर आज बिहान ७ बजेर ३९ मिनेटमा  ६ दशमलव १ रेक्टर स्केलको भूकम्प भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिएका छन ।

 काठमाडौँ उपत्यका,गोरखा लगायत धादिङ आसपासका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो । सो भूकम्प २०७२ सालको ‘गोरखा भुकम्प "को  परम्कप भएको बताइएको छ।भुकम्पको धक्का पछि आत्तिएर घरको माथिल्लो तलाबाट हामफाल्दा गोरखा को गोरखा नगरपालिका ३ की ३० वर्षीया सरस्वती थापा घाइते भएकी छन। धादिङ गोरखा लागायत आसपासका क्षेत्रमा   घर हरु मा समेत क्षति पुगेको बताइएको छ।                                          दशैमा आएको भुकम्पको कारण मानिसहरू त्रसित बनेका छन । यस अघि  विक्रम सम्वत १४०१ दशैको फुलपातीका दिन ठुलो भुकम्प गएको भनेर गोपालराजवंशावलीमा लेखिएको छ । त्यो भूकम्प दशैँको फूलपातीका दिन भएको र  त्यसको भोलिपल्ट महाष्टमीका दिन राजा अरि मल्लको मृत्यु भएको ऐतिहासिक विवरणमा उल्लेख छ । 

वि.सं. १२८० देखि वि.सं. १९९० सम्ममा ४८ वटा भूकम्प भएको विवरणहरू तथ्यसहित भेटिएका छन् । त्यस यता २०४५ सालमा मझौला खालको र २०७२ सालमा ठूलो भूकम्प गएका थिए । झन्डै आठ सय वर्ष (७९५ वर्ष)को नेपालको इतिहासमा २०४५ सालको भूकम्पलाई पनि गणना गर्दा कुल ५० वटा ठूला भूकम्प गएको देखिन्छ ।

Jantedhunga
प्रतिक्रिया