सभापति देउवा द्वारा ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ पुस्तक विमोचन

Jantedhunga

काठमाडौँ।नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विद्यार्थी नेता आकाश उप्रेतीद्वारा लेखिएको ‘विद्यार्थी आन्दोलन र नेविसंघ’ नामक पुस्तक विमोचन गरेका छन् ।

शनिबार देउवा निवास बूढानीलकण्ठमा आयोजित कार्यक्रममा पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक विमोचनपछि देउवाले लोकतान्त्रिक विद्यार्थी आन्दोलनबारे पुस्तक लेखेकोमा लेखक उप्रेतीलाई धन्यवाद दिए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं नेविसंघका पूर्वअध्यक्ष राजीव ढुंगाना, सिता गुरुङ, प्रतिमा गौतम, प्रदीप सुनुवार, चितवन कांग्रेस सभापति राजेश्वर खनाल, नेविसंघ अध्यक्ष दुजाङ शेर्पासहित पार्टी नेताहरू, नेविसंघ र तरुण दलका कार्यकर्ताहरूको उपस्थिति थियो ।

नेविसंघका नेताहरूले पुस्तक लोकतान्त्रिक विद्यार्थी राजनीति बुझ्न चाहनेका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । लेखक उप्रेतीका अनुसार पुस्तकमा नेपालको विद्यार्थी आन्दोलन, नेविसंघको इतिहास र विश्वका विभिन्न देशका विद्यार्थी संगठनका गतिविधिहरू समेटिएको छ ।


Jantedhunga
प्रतिक्रिया