लिस्बन (पोर्चुगल), १ साउन : नेपाल प्रेस युनियन युरोप शाखाको प्रथम अधिवेशनले सञ्जयभक्त कँडेलको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको छ ।
शाखाको आइतबार भर्चुअलरूपमा सम्पन्न अधिवेशनले कँडेलको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा सिद्धार्थविक्रम क्षेत्री, उपाध्यक्षमा विकास लम्साल, भरत प्रधान र सविना श्रेष्ठ चयन हुनुभएको छ । अधिवेशनले शाखाको महासचिवमा प्रवल भट्टराईलाई चयन गरेको छ भने उपमहासचिवमा प्रतीक लामिछाने चयन हुनुभएको छ । यस्तै सचिवमा मिलन शर्मा र कोषाध्यक्षमा सुजन पराजुलीलाई सर्वसम्मत चयन गरेको छ ।
शाखाको सदस्यमा कञ्चन प्रसाईं, आशिष बस्नेत, विजय शर्मा, पुस्तक रेग्मी, रोहन बानिया, नवराज काफ्ले, हरिप्रसाद पाण्डे र चक्र गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो