मोटरसाइकल एक आपसमा ठोक्किँदा३जनाको मृत्यु

Jantedhunga

महोत्तरी : महोत्तरीको एकडारा गाँउपालिका- ५  बखरी चौक नजिक दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा ३ जना परीक्षार्थीको मृत्यु भएको छ । मंगलबार बर्दिवास जलेश्वर सडकखण्ड अन्तर्गत बखरी चौकमा  दुर्घटना हुँदा एसईई परीक्षा दिएर घरतर्फ जाँदै गएको ३ विद्यार्थीको मृत्यु भएको महोत्तरीका प्रहरी उपरीक्षक हेरेम्ब शर्माले जानकारी दिए ।

उनका अनुसार ३ जनाको मृत्यु र ३ जना घाइते भएका छन् । घटनास्थलबाट तीन जनाको प्रवेश पत्र भेटिएको छ । घाइतेहरूको अस्पतालमा उपचारको लागि पठाइएको छ । घटनाको सम्बन्धमा विस्तृतमा आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । 

Jantedhunga
प्रतिक्रिया