सुर्खेत। कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले साउन २१ गते विश्वासको मत लिने भएका छन्।
विश्वासको मत लिन मुख्यमन्त्री कँडेलले शनिवार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेका छन्। कँडेलले संविधानको धारा १८८ को उपधारा ९२० बमोजिम विश्वासको मत लिनेछन्।
कँडेलले विश्वासको मत लिन लागेको यो दोस्रो पटक हो। उनले गत वैशाख १३ गते पहिलो पटक विश्वासको मत पाएका थिए। तर, केन्द्रमा सत्ता समीकरण बदलिएसँगै कर्णालीका नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको छ।
कँडेलले अब नेपाली कांग्रेसको समर्थनमा सरकार पुनर्गठन गर्ने तयारी गरेका छन्। शुक्रवार कांग्रेसबाट मन्त्रीमा सिफारिस भएका ४ जनाको शपथग्रहण भएको छैन। उनीहरूको शपथ आइतवार गराउने तयारी छ।
Jantedhunga
saturday 03 aug 2024
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो