महेश्वर कोइराला चौतारा।नेपाल मानव धर्म सेवा समितिले सिन्धुपाल्चोकको चौतारामा एक दिवसीय महान सत्सङ्ग समारोह सम्पन्न गरेको छ। सिन्धुपाल्चोकको चौतारा स्थित निर्माण ब्यबसायी संघको हलमा चौतारा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष शिव श्रेष्ठको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा स्थानीय ज्ञानी बस्नेतले उपस्थित सम्पुर्णलाई स्वागत गर्दै शुभकामना मन्तव्य व्यक्त गरेकी थिइन् । नेपाल रेडक्रस सोसाइटी सिन्धुपाल्चोक जिल्ला मन्त्री तथा समाजसेवी कमलचरण कक्षपतिले बिगतदेखिनै संस्थासग जोडिन पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा पनि सहकार्य गरिरहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा संस्थाकी वरिष्ठ महात्मा त्रीगुणा बाइजिले परमात्माको लागि जीवन अर्पण गर्नसके मात्र मनुष्य चोला धन्यहुने बिचार ब्यक्त गरेकी थिइन।कार्यक्रममा उत्तम गिरी लगायत भक्ति संगीतका कालाकार हरुले उत्कृष्ट भजन प्रस्तुत गरेका थिए। बाग्मती क्षेत्र प्रमुख महात्मा लता बाइजिको सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्व संसद कृष्णराज श्रेष्ठ, जेष्ठ नागरिक संघका अध्यक्ष माधवलाल कर्माचार्य, भिन्तुना आमा समुहकी अध्यक्ष गिता श्रेष्ठ, सम्पदा संरक्षण गुठीका अध्यक्ष रबिन्द्र प्रसाद श्रेष्ठ, ज्योतिष परिषद नेपालका जिल्ला कार्यसमितिका पदाधिकारी, म्ह सिका पुच: का प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो। कार्यक्रममा आफ्नो धारणा राख्दै प्रमुख अतिथि वडाध्यक्ष शिव श्रेष्ठले समितिले निमन्त्रणा गरि कार्यक्रममा सहभागी हुने अवसर दिएकोमा समितिलाई धन्यवाद ज्ञापन गरेका थिए। श्रेष्ठले आगामी कार्यक्रममा पनि सहभागिता र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरेका थिए। समापन कार्यक्रममा आफ्नो बिचार राख्दै कार्यक्रमकी सभापती महात्मा लता वाइजिले समितिको निम्तो स्विकार्दै उपस्थित हुनुभएका सम्पुर्णमा हार्दिक आभार प्रकट गर्दै मानव धर्मको सन्देश बिश्वमा फैलाएर प्रत्येक मानवको हृदयमा भाईचारा र समताको भावना विकास गर्नुपर्नेमा जोड दिइन् ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो