बेल्टार । उदयपुरको चौदण्डीगढी नगरपालिका–७, बेल्टार बजारमा गएराति भएको आगलागीमा परि दुईजनाको मृत्यु भएको छ । राती करिब २:३० बजे भएको आगलागीबाट लक्ष्मीनारायण खड्का र पवन खड्काको मृत्यु भएको हो।आगालागीबाट लक्ष्मीनारायणको घर जल्दा घरमा रहेको पुस्तक पसलको गोदाम समेत जलेर नष्ट भएको र रविनकुमार दासको घर पूर्ण रूपमा जलेको छ ।
आगलागीको कारण एकिन नभएपनि लक्ष्मीनारायणको भान्सा घरमा विद्युत् सर्टका कारण आगलागी भएको र काठको घर भएकाले सहजै आगलागी भएको प्रहरीको भनाई छ ।
उदयपुरको चौदण्डीगढी नगरपालिका, त्रियुगा नगरपालिका, रौतामाई गाउँपालिका र सप्तरीको कञ्चनरूप नगरपालिकाबाट आएका दमकल , नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी तथा स्थानीयवासीको सक्रियतामा करिब तीन घण्टापछि आगो नियन्त्रणमा लिइएको थियो ।
आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन र घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो