काठमाडौ। आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज (सोमबार) हर्षोल्लासका साथ महालक्ष्मी देवीको पूजाआजा गरी मनाइदैछ।महानवमीका दिन घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्ति पीठमा लगी चढाउने प्रचलन रहेको छ।
आजकै दिन बिहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरू आदिलाई बलि दिई विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । दशैंघर र कोत लगायत राज्यका विभिन्न देवी मन्दिर र शक्ति पीठमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना र दुर्गा सप्तशती, श्रीमद देवी भागवत एवं देवी स्तोत्र पाठ गरिन्छ। महा नवमीका अवसरमा कोहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशाना पूजा पनि गरिन्छ।
महा नवमीका दिन पशु बलि नदिनेले भने आ-आफ्नो कुल परम्पराअनुसार कुभिन्डो, घिरौँला, मूला, काँक्रो र जटा नरिवलसमेत बलि दिई पायस पनि चढाउने गर्दछन्।हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ।
हनुमानढोकामा रहेको तलेजु भवानीको मन्दिर बर्ष मा एक दिन आज मात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लाग्ने गर्छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो