स्थानीय सरकारको तर्फबाट आर्थिक दायित्व खेप्न तयार छौं, पुल छिटो बनाऔं : अध्यक्ष राई।

Jantedhunga

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले गत १२ गतेको बाढीले बगाएको फोक्सिङटारको मोटेरेबल पुल निर्माणमा स्थानीय सरकारको तर्फबाट आर्थिक दायित्व खेप्न तयार रहेको बताएका छन्।

गत १२ गते सगरमाथा राजमार्ग अन्तरगतको खोटाङको लाइफ लाइनको रुपमा रहेको फोक्सिङटार मोटेरेबल पुल सुनकोशीमा आएको बाढिले बगाएपछी खोटाङ जिल्लाले फेरि प्राकृतिक नाकाको सामाना गर्नु परेको र त्यसको मार सबैभन्दा बढी दिप्रुङ चुइचुम्माबासी र सिङ्गो खोटाङ जिल्लाले खेप्नु परेकाले स्थानीय सरकारको तर्फबाट आर्थिक दायित्व बेहोरेर भए पनि  पुल निर्माण गर्नु पर्ने बताएका छन् । 

आज क्षेतिग्रस्त पुलको आफ्नो कार्यालयको प्राबिधिक टोली सहित स्थलगत अनुगमन गई अनुगमनका क्रममा गाउँपालिका अध्यक्ष राईले बिगत जस्तो ठेक्का सम्झौता पछि पुल निर्माणमा खोटाङे जनताहरुले १० बर्स कुरेको तितो यथार्थलाई सम्झिदै दुई बर्ष नहुदै फेरि बिगतको सास्ती खेप्न परेको भन्दै प्रदेश सरकार र संघिय सरकारलाई पुल निर्माणका लागि अनुरोध गर्दै यस्तो बिकल्प अघि सारेका हुन्। तिनै तहका सरकार, सरोकारवाला सबै हातमा हात, कांधमा कांध मिलाएर पुल निर्माण लाग्नु पर्ने समेत बताएका छन् ।

Jantedhunga
प्रतिक्रिया