जन्तेढुंङामा खुला पुरुष नकआउट फुटबल उद्घाटन

Jantedhunga

चिसापानी । खोटाङको जन्तेढुंगा गाउँपालिका-५, चिसापानी स्थित खर्क खेल मैदानमा आज प्रथम खुल्ला (9A-side) पुरुष नकआउट फुटबल प्रतियोगिताको उद्घाटन भएको छ ।

"अनुशासन, पर्यटन प्रवर्द्धन, सामाजिक सद्भाव र स्वास्थ्यको लागि खेलकुद" भन्ने मुल नारा दिइएको उक्त कार्यक्रमको आयोजना चिसापानी युथ क्लबले गरेको हो । 

जन्तेढुंङा गाउँपालिका उपाध्यक्ष खेम खड्काको प्रमुख आतिथ्यमा उद्घाटन गरिएको उक्त कार्यक्रममा जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङ, जन्तेढुंगा गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष विदुरमान राई, नेकपा माओवादी केन्द्रका वीरबल किराँती जन्तेढुंगा खेलकुद विकास समितिका अध्यक्ष सुमन राई लगायतले शुभकामना व्यक्त गरेका थिए ।                  प्रतियोगिताको प्रथम पुरस्कार नगद ५५ हजार ५ सय ५५, द्वितीय पुरस्कार ३३ हजार ३ सय ३३  र पदक तथा  प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ।

चिसापानी युथ क्लबका अध्यक्ष विकेस पुरीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमको संचालन सुरेश प्रधानले गरेका थिए गरेका थिए ।

Jantedhunga
प्रतिक्रिया