काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा परेको छ।
सरकारले आफूलाई आईजीपी पदबाट हटाउने निर्णय गरेपछि कार्कीले गत कात्तिक २० गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए।
कार्कीले आफूलाई सुनुवाइको अवसर नदिई कुनै आधार र कारणबिना गैरकानुनी रूपमा प्रहरी प्रमुखबाट हटाइएको दाबी गरेका छन्। उनले सरकारको निर्णय बदर गरी आफूलाई पुनः प्रहरी महानिरीक्षक पदमा बहाली गर्न माग गरेका छन्।
सरकारले गत कात्तिक १८ गतेको निर्णयअनुसार कार्कीलाई आईजीपी पदबाट मुक्त गर्दै प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो।
त्यसपछि तत्कालीन अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको थियो।
कार्कीले सरकारको उक्त निर्णय उत्प्रेषणको आदेशमार्फत बदर गर्न माग गर्दै सर्वोच्च अदालतको ढोका ढकढक्याएका हुन्। अब उनको रिटमाथि हुने सुनुवाइले प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी सरकारी निर्णयको कानुनी पक्ष निरूपण गर्नेछ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो