उद्योग वाणिज्य संघ खोटाङको नेतृत्वमा आचार्य निर्वाचित

Jantedhunga

जन्तेढुंगा संवाददाता

खोटाङ । उद्योग वाणिज्य संघ खोटाङको ११ औं अधिवेशन सम्पन्न भएको छ । सो अधिवेशनबाट सङ्घको अध्यक्षमा राजनप्रसाद आचार्य विजयी भएका छन् । आचार्यले आफ्ना प्रतिद्वन्द्वी समुन्द्रप्रसाद जोशीलाई १९६ मतान्तरले पराजित गरेका हुन ।

बिहीबार भएको निर्वाचनमा आचार्यले ३ सय ३४ तथा १ सय ३८ मत प्राप्त गरे । निर्वाचन अधिकृत ध्रुवकुमार कार्कीका अनुसार कुल ६ सय ७१ मतदाता रहेकामा चार सय ८० मत खसेको थियो । महासचिवमा अजय बस्नेत विजयी भएका छन् ।

उनले सुमन श्रेष्ठलाई पराजित गरे । कोषाध्यक्षमा नेत्रबहादुर कटवाललाई पराजित गर्दै युधिर शाक्य विजयी भएका छन । सङ्घको सदस्यमा कुमार बजिमय, कृष्णकुमार श्रेष्ठ, टङ्कप्रसाद आचार्य, रोशन सैंजु, विपिन श्रेष्ठ, हिरालाल पुरी र कैलाश भट्टराई निर्वाचित भएको निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

वरिष्ठ उपाध्यक्षमा मनोजकुमार बजिमय, प्रथम उपाध्यक्षमा विजयश्वर श्रेष्ठ, द्वितीय उपाध्यक्षमा मणिशोभा राई, सचिवमा लेखबहादुर खड्का तथा महिला सदस्यमा गोपीमाया आचार्य, रेनुका पोखरेल र विमला राई यसअघि नै निर्विरोध चयन भएका थिए ।


Jantedhunga
प्रतिक्रिया