दिप्रुङ चुइचुम्मा गाउँपालिकाका विवादित कार्यकारी अधिकृत सरोज रेग्मीको को सोलुखुम्वु सरुवा।

Jantedhunga

खोटाङ ।खोटाङ जिल्लाको दिप्रुङ चुइचुम्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले  गाउँपालिकामा गैरजिम्मेवार व्यबहार देखाएपछी सोलुखुम्वुको नेचा सरुवा भएको छ। रेग्मी भाद्र २९ गते दिप्रुङ चुइचुम्मा गाउँपालिका  हाजिर भएका थिए।

  दशैँको मुखमा महत्त्वपूर्ण निकाशा र जनताको काम छोडेर बिना जानकारी असोज २९ गते अस्वभाबिक रुपमा कार्यालयको सम्पर्क बाहिर गई बेपत्ता भएका थिए। हाजिर भएको १ महिना नबित्दै  प्रमुख प्रशासकीय अधिकृत रेग्मी बेपत्ता भएपछी गाउँपालिकाले निजको सुरक्षा खतरालाई मध्यनजर गर्दै २९ गते दिन भर सम्बन्धित सबै तिर जानकारी गराई खोजि गरेको थियो।

  बेपत्ता रेग्मी असोज ३० गते फेसबुक स्टाटस लेख्दै सार्बजनिक सम्पर्कमा आएका थिए। त्यस अघि गाउँपालिका अध्यक्ष लोकेद्र राईसंग सम्पर्कमा आई बाबू बिरामी भएकाले अचनाक बिराटनगर आएको जानकारी दिएपछि घरयासी समस्या समाधान गरेर छिटो कार्यालय फर्किन अध्यक्ष राईले सल्लाह दिएको बताएका थिए। भने त्यसपछी फेसबुक स्टाटसमा गैरकानुनी भुक्तानी गर्दिन भन्ने अभिव्यक्ति लेखि गैरकानुनी भुक्तानीको लागि दबाब दिएको संकेत गरेका थिए । यसरी दुई फरक समयमा फरक फरक अभिव्यक्ति र जवाफ दिएपछी गाउँपालिका अध्यक्ष राईले सचेत गराउदै २४ घटा भित्र कार्यालयमा हाजिर भई जनताको काममा फर्कन निर्देशन दिएका थिए।

                अध्यक्ष राईको निर्देशन पछि पनि तोकिएको  समयमा  कार्यालयमा हाजिर नभएपछी  सम्बन्धित  मन्त्रालयलाई  जानकारी दिदै गैरजिम्मेवार प्रशासकीय अधिकृत रेग्मीलाई कार्वाही  गर्न  अध्यक्ष राईले माग  गरेका थिए । मन्त्रालयलाई जानकारी  गराएको चौबिस घण्टा नबित्दै रेग्मीको सरुवा भएको छ। यता गाउँपालिकाको नियमित कामलाई अघि बढाउन अधिकृत  छैठौं पिएस्पी चाम्लिङ राईलाई का.मु. कार्यकारी अधिकृतको जिम्मेवारी तोकीएको छ।

अस्वभाबिक रुपमा बेपत्ता भएपछी त्यस प्रसंगसंग जोडेर रेग्मी सहितको षड्यन्त्रमा केही पुर्वाग्रही ब्यक्तिहरुले  कपोकल्पित, भ्रामक र दिप्रुङ चुइचुम्माली जनताको अपमान हुने गरि फर्जी भुक्तानीको लागि दबाब दिएको भन्दै सामाजिक संजालमा आरोप प्रत्यारोप सुरु भएपछि   गाउँपालिकाले निकाशा तथा भुक्तानीका लागि जारी गर्नुपर्ने खर्च विवरण र  चेकको विवरण समेत  सार्बजनिक गरिसकेको छ। उक्त विवरणमा कुनै गलत प्रक्रिया वा गलत आसय देखिएको भन्ने प्रतिक्रिया कहिँ कतैबाट आएको  छैन।  कोही कसैलाई  शंका लागेमा गाउँपालिकामा गएर आवश्यक जानकारी लिन सकिने  गाउँपालिकाले बिज्ञप्ती मार्फत जानकारी समेत दिएको छ।   बिना  जानकारी कार्यालय छाडी  हिडेको ,चित्तबुझ्दो जवाफ नदिएको र दोहोरो चरित्र देखाउंदै सिङ्गो गाउँपालिकाको मान, मर्दन हुने गरि गैरजिम्मेवार पुर्ण अभिव्यक्ति दिदै निर्देशन अनुसार कार्यालयमा हाजिर समेत नभएपछी आफुले कारबाही प्रक्रिया अघि बढाउंदै सम्बन्धित मन्त्रालयमा कारबाहीको लागि माग गरेको अध्यक्ष लोकेन्द्र राईले बताए। मन्त्रालयले रेग्मीलाई  कारबाही स्वरुप सोलुखुम्बुको नेचा  सरुवा गरेको बताइएको छ।

Jantedhunga
प्रतिक्रिया