काठमाडौं, असोज २६ । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । असहज महसुस भएपछि अस्पताल लैजाने क्रममा उनको निधन भएको हो ।
नेकपा संयुक्तका प्रवक्ता दामोदर अर्यालका अनुसार नैकापस्थित आफ्नै निवासमा रहेका बेला पौडेललाई अचानक असहज भएको थियो । त्यसपछि उनलाई नजिकैको बर्न अस्पताल लगिएको थियो । तर, अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
पौडेललाई हृदयघात भएको आशंका गरिएको छ । यद्यपि, उनको निधनको आधिकारिक कारणबारे विस्तृत विवरण सार्वजनिक भएको छैन ।
डा. पौडेल पुराना कम्युनिस्ट नेता मोदनाथ प्रश्रितका एकमात्र छोरा हुन् । उनको निधनले परिवार, आफन्त तथा राजनीतिक वृत्तमा शोक छाएको छ ।पौडेलका श्रीमती र दुई छोराछोरी छन् ।
Jantedhunga
monday 12 oct 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो