धादिङ । धादिङको गल्छी गाउँपालिका–७ गल्छी बजारस्थित पृथ्वी राजमार्गमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
काठमाडौंबाट गजुरीतर्फ जाँदै गरेको बा ४ ख ६०५९ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको बा ९८ प ३१३६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालक डडेल्धुराको अजयमेरु गाउँपालिकाका अन्दाजी २८ वर्षीय बरुणप्रसाद भट्ट गम्भीर घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि बैरेनी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनापछि आक्रोशित स्थानीयवासीले केही समय पृथ्वी राजमार्ग अवरुद्ध गरेका थिए। स्थानीयको अवरोधका कारण यातायात सेवा प्रभावित बने पनि प्रहरीले समन्वय गरेपछि सडक खुलाइएको र अहिले सवारी आवागमन सामान्य भएको जनाएको छ।
प्रहरीले दुर्घटनामा संलग्न टिपर र त्यसका चालक मकवानपुरको भीमफेदी गाउँपालिका–२ निवासी अन्दाजी ३३ वर्षीय गोविन्द घलानलाई नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो