धरान । सुनसरीको धरान उपमहानगरपालिका–८ स्थित सेउती पुलबाट प्रहरीले ४९९ किलो गाँजासहित भारतीय नम्बर प्लेटको स्कार्पियो बरामद गरेको छ। प्रहरीले स्कार्पियो चालकलाई समेत नियन्त्रणमा लिएको छ।
मंसिर ५ गते राति ११:३० बजे इलाका प्रहरी कार्यालय धरान, वडा प्रहरी कार्यालय र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले सेउती पुलमा सवारीसाधन चेकजाँच गर्ने क्रममा उक्त गाँजा फेला पारेको हो।
प्रहरीका अनुसार भारतको बीआर १ बाई ३०३९ नम्बरको स्कार्पियोमा गाँजाजस्तो देखिने पदार्थ ४९९ किलोग्राम फेला परेको थियो।
घटनामा संलग्न रहेको आरोपमा मोरङको विराटनगर महानगरपालिका–१३ निवासी २२ वर्षीय अजय कुमार साहलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
बरामद गाँजा, स्कार्पियो र पक्राउ परेका चालकलाई नियन्त्रणमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
प्रहरी नायव उपरीक्षक चन्द्रबहादुर खड्काले घटनाबारे जानकारी दिएका हुन्।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो