सुनसरी र झापाबाट लागूऔषधसहित ९ जना पक्राउ

Jantedhunga

विराटनगर, मंसिर ८ । सुनसरी र झापाबाट प्रहरीले लागूऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।

मंसिर ७ गते कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको PIT टोली र अस्थायी प्रहरी बिट हलगडाबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको इटहरी उपमहानगरपालिका–५ बाट मोरङको सुन्दरहरैँचा नगरपालिका–१० का २७ वर्षीय मन्जिल तामाङलाई ४ ग्राम ६१० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो।

त्यसैगरी, अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका–११ का अनिल तामाङ, सुरज विक, अभिषेक तामाङ र विशाल रसाइलीलाई ३१० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय धरानले धरान–१३ का अभिषेक राईलाई ७० चक्की ट्रामाडोलसहित पक्राउ गरेको छ।

यस्तै, इलाका प्रहरी कार्यालय दमकले दमक नगरपालिका–९ का युनिक श्रेष्ठ र काठमाडौं महानगरपालिका–१० का सहिल केसीलाई २ ग्राम ६५० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको छ। सोही क्रममा दमक–५ की गीता देवी रायलाई ७ ग्राम ८७० मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ परेका नौ जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया