काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज (शुक्रबार) पनि निरन्तर चल्ने भएको छ । ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बिहान ८:३० बजे बैठक आह्वान गरिएको हो ।
गत मंसिर ८ गतेदेखि सुरु भएको बैठकमा पार्टीका एजेन्डाहरूमाथि केन्द्रीय सदस्यहरूले धारणा राख्ने क्रम जारी छ । बिहीबारसम्म ७० जना केन्द्रीय सदस्यहरूले आ-आफ्नो विचार व्यक्त गरिसकेका छन् । सबै सदस्यहरूले बोल्ने क्रम नसकिएकाले आज पनि बैठक बस्न लागेको पार्टी कार्यालयले जनाएको छ ।
यसअघि बिहीबार बसेको बैठकले होल्डिङ सेन्टरमा बसिरहेका सुकुमवासीहरूलाई हटाउने सरकारी निर्णयको कडा विरोध गरेको थियो । कांग्रेसले उक्त कदम तत्काल फिर्ता लिन सरकारसँग मागसमेत गरेको छ ।
विस्थापित परिवारका लागि वैकल्पिक आवासको उचित व्यवस्था नगरी होल्डिङ सेन्टरबाट हटाउन नहुनेमा कांग्रेसले जोड दिएको छ । सरकारको यस्तो कदम संविधानले सुनिश्चित गरेको आवासको मौलिक हक, प्रचलित कानुन र सामाजिक न्यायको सिद्धान्तविपरीत रहेको कांग्रेसको निष्कर्ष छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो