चिसापानी । खोटाङको जन्तेढुंगा गाउँपालिकाको खर्क स्थित खेलमैदानमा चिसापानी युथ क्लबको आयोजनामा असोज १९ गते शनिबार उद्घाटन भएको प्रथम खुल्ला (9A-side) पुरुष फुटबल प्रतियोगिता आज पनि जारी रहेको छ ।
जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेम खड्काले उद्घाटन गर्नु भएको पहिलो दिनको खेलमा आयोजक (A) टिमले भगवती स्पोर्ट्स क्लबलाई शुन्यका विरुद्ध ३ गोल गर्दै क्वाटर फाइनल प्रवेश गरेको छ ।
त्यस्तै हिजै सम्पन्न अर्को खेलमा काहुले फुटबल क्लबले बाराहापोखरी फुटबल क्लबलाई शुन्यका विरुद्ध २ गोल गर्दै आयोजक (A) टिम संगै काहुले फुटबल क्लब पनि क्वाटर फाइनम प्रवेश गरेको छ ।
त्यसैगरि जारी यस फुटबल खेलमा असोज २० गते आइतबार बिहान सम्पन्न पहिलो चरणको खेलमा चण्डीथान फुटबल क्लब र पुमाचोक फुटबल क्लब बिचमा भएको खेल १/१को बराबरीमा टुंगिए संगै पेनाल्टी सुट आउटमा चण्डीथान फुटबल क्लबले क्वाटर फाइनल प्रवेश गर्ने अवसर प्राप्त गरेको छ ।
त्यसैगरी यसपछि भएको दोस्रो खेलमा होङपुमा युथ क्लब र पारुहाङ फुटबल क्लब चिच भएको खेलमा पारुहाङ फुटबल क्लबलाई होङपुमा युथ क्लबले १ का विरुद्ध २ गोल गर्दै होङपुमा युथ क्लब क्वाटर फाइनल प्रवेश गरेको छ ।
दिउँसोको सत्रमा आयोजक (B) र कात्तिके फुटबल क्लब बीच भएको खेलमा कात्तिकके फुटबल क्लबले आयोजक (B) लाई शुन्यका विरुद्ध १ गोल गर्दै कात्तिके फुटबल क्लब पनि क्वाटर फाइनल प्रवेेश गरेको छ ।
यस संगै क्वाटर फाइनल खेल समाप्त भएको छ भने यसपछि आयोजक (A) र सातमारा फुटबल क्लब बीच सेमिफाइनल खेल हुने आयोजकले जनाएको छ
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो