खोटाङ बजार । खोटाङ जिल्लाको पुरानो सदरमुकाम खोटाङ बजारमा ११९ वर्षदेखि चलिआएको परम्परा अनुसार फूलपाती भित्र्याउने कार्यक्रम सम्पन्न भएको छ। आज (बिहिवार ) ऐतिहासिक पोखरेल पाटीमा पुर्व सांसद बिशाल भट्टराई, स्थानीय जनप्रतिनिधी ईलाका प्रहरी कार्यालय खोटाङ बजारका प्रहरी र स्थानिय वासिन्दाको उपस्थितीमा दिउँसो २ बजे फूलपाती भित्राउने कार्यक्रम सम्पन्न भएको हो। यसैबीच २०४७ सालदेखि नेकपा (एमालेले )प्रत्येक बर्ष आयोजना गर्दै आएको पुनर्मिलन तथा दशैको शुभकामना आदानप्रदान कार्यक्रम भने बाढीपहिरोको कारण स्थगित गरिएको एमालेले जनाएको छ । प्रत्येक बर्ष बडा दशैको फूलपातीको दिन खोटाङ बजारमा ठुलो मेला समेत लाग्ने गरेको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो