खोटाङमा १ हजार ३ सय १५ किलो गाँजासहित ट्रक नियन्त्रणमा

Jantedhunga

खोटाङ, साउन २२ गते । जिल्ला प्रहरी कार्यालय खोटाङले ठूलो परिमाणमा लागूऔषध गाँजा बरामद गर्दै गाँजा ओसारपसारमा प्रयोग भएको ट्रक नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ स्थित मध्यपहाडी लोकमार्गको जंगलमा प्र.१–०२–००२ ख ००८३ नम्बरको ट्रक शंकास्पद अवस्थामा रोकिराखिएको भन्ने विशेष सूचना प्राप्त भएको थियो।

सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले ट्रक चेकजाँच गर्दा चालक बस्ने क्याबिनमा फल्स बटम बनाई लुकाइछिपाई राखिएको अवस्थामा १ हजार ३ सय १५ किलोग्राम गाँजा फेला पारेको हो।

गाँजा बरामद भएपछि प्रहरीले उक्त ट्रकलाई नियन्त्रणमा लिएको छ। घटनामा संलग्न व्यक्तिहरू भने तत्काल फेला नपरेको प्रहरीले जनाएको छ।

गाँजा ओसारपसारमा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजीका लागि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ।

Jantedhunga
प्रतिक्रिया