“ॐ” शब्द बारे सर्वोच्च अदालतलाई मेरो स्वतन्त्र “बहस नोट”
नेपाली भाषा विज्ञानमा “ॐ” भन्ने शब्द (the word) अक्षर (character), अंक (numerical) र ज्यामिति (line) ले बन्ने हुदा “ॐ” शब्द समष्टीमा व्याकरण (grammar) पनि हो ।
तर “ॐ” शब्दमा अक्षर, अंक वा रेखा केही पनि छैन भन्ने कुतर्क प्रस्तुत गर्दै यो शब्दलाई केही स्वनामधन्य नेपाली भाषाविज्ञहरूले प्राविधिक रूपमा “चित्र” (picture) मात्र मान्ने गरेका छन् । मेरो विचारमा उनीहरूको यस्तो तर्क, तर्क नै होइन, कुतर्क मात्र हो ।
अनि, चित्रलाई कसरी शब्दकोषमा राख्न मिल्छ भनेर उनीहरू अनावश्यक रूपमा प्रश्न उठाइरहेका देखिन्छन् । यिनीहरूको कुतर्कमा भाषा विज्ञान छैन, बरू राजनीति घुसाइएको छ । राजनीतिसॅग शब्दकोषको कुनै साइनो सम्बन्ध हुदैन ।
नेपालमा यस्तो कुतर्कको आविष्कारक को हुन्, मलाई अहिलेसम्म थाहा हुन सकेको छैन, किनभने ती कथित भाषा विज्ञहरू बहसका लागि सामुन्ने देखा परेका पनि छैनन् ! पृष्ठभूमीबाटै नेपाली शब्दकोषमा “ॐ” लाई राख्नु हुदैन भनी लुकेर झटारो हानिरहेका छन् ! किनभने, उनीहरू शव्दमा राजनीति गरिरहेका छन् ।
“ॐ” शब्द (the word), अक्षर (syllable), ज्यामिती (geometry) र स्वर (vowel or sound) मिश्रित शव्द हो ! कुनै पनि शब्दलाई शब्दकोषमा राख्ने एउटै आधार हुन्छ, त्यो हो, जुन अक्षर वा शब्द ध्वनीसहित उच्चारण (phonetically pronounce) हुनसक्छ ! यदि कुनै पनि अक्षर वा शब्द ध्वनीसहित उच्चारण हॅुदैन वा गरिदैन भने त्यस्तो शब्दको कुनै अर्थ (the meaning) हुदैन । अर्थरहित सब्दलाई शव्दकोषमा राखिंदैन भने “ॐ” जस्तो अर्थ भएको शब्दलाई मात्रै शब्दकोषमा राखिन्छ ।
“ॐ” एक अक्षेरी नभई ध्वनि सहित उच्चारण हुने बहु अक्षर वा ज्यामितीय रेखाहरूको समिश्रणबाट बनेको शव्द (the word) हो ।
कुनै पनि अक्षरमा लेखिने वा बोलिने शव्द, ध्वनीसहित उच्चारण हुने भएकोले यो शब्दलाई नेपाली शब्दकोषमा राख्नै पर्छ भन्ने मेरो दावी हो !
“ॐ” शब्दको अर्थ (the meaning) खोज्ने हो भने यो एक पवित्र “मन्त्र” (mantra) हो जसको अर्थ “अन्तिम सत्य” (ultimate reality) वा “समग्र अस्तित्व” (totality of existence) पनि हो ।
साथै, “ॐ” शब्दले सनातन हिन्दू धर्ममा त्रिमूर्ति अर्थात ब्रम्हा, विष्णु र महेश्वरलाई प्रतिविम्वित गर्दछ !
देवनागिरी लिपी समष्टीमा देवताहरूले बनाएको र बोलिदै-लेखिदै आएको लिपी हो । अहिले नेपाललाई संवैधानिक रूपमा धर्मनिरपेक्ष देश बनाइएकोले त्यसॅग तादाम्य मिलाउन “ॐ” शब्दलाई शब्दकोषबाट हटाउने कसैको बुद्धि पलाएको हो भने, त्यस्तो बुद्धि लगाउनेहरू विवेकशील होइनन् भन्ने बुझ्नुपर्छ । किनकि, धर्मनिरपेक्ष देशमा शाव्दिक अर्थमा देव र देवताहरूको देवनागरिक लिपी नै रद्द गर्नु पर्ने हुन्छ ! यस्तो गर्न असंभव छ !
यस कारण सर्वोच्च अदालतमा “ॐ” शब्दका बारेको विचाराधीन मुद्दामा कुनै पनि अक्षर (character र vowel) अविनासी र आत्मा भएकोले त्यसबाट बनेको “ॐ” जस्तो ध्वनीसहित उच्चारण हुने पवित्र र अर्थपूर्ण शब्दलाई कुनै पनि हालतमा नेपाली शब्दकोषबाट नहटाइयोस् भनी यो स्वेच्छिक “बहस नोट” प्रस्तुत गरेको छु ।
यदि, कथम् कदाचित “ॐ” शब्दलाई नेपाली शब्दकोषबाट हटाउने निर्णय न्यायमूर्तिहरूले गरेको खण्डमा अदालती बन्दोबस्त अनुसार उॅहाहरूको नाम अघि प्रयोग हुदैआएको “श्रीमान” को “श्री” शब्द हटाएर “मान्” मात्रै नेपाली शब्दकोषमा राख्नु पर्ने बाध्यकारी नौवत् नआउला भन्न सकिन्न ।
तस्बिर :- सुरेश आचार्य (लेखक) ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो