काठमाडौ त्रि-चन्द्र कलेजको सभाहलमा युथ डिस्कसनको आयोजनामा “राजनीतिमा नयाँ सोच कि अनुभव?” विषयकं वादविवाद प्रतियोगिता सम्पन्न भएको छ। समसामयिक र अर्थपूर्ण विषयमा केन्द्रित प्रतियोगिता बिहान ११:३० बजे सुरु भई अपराह्न ४:०० बजे सम्म चलेको थियो। युथ डिस्कसनका अध्यक्ष सतीश यादवको अध्यक्षतामा र कागेश्वोरी मनोहरा नगरपालिका–९ का वडा अध्यक्ष अनिल थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा थापाले युवा पुस्ताको राजनीतिक चेतना, विश्लेषण क्षमता र प्रस्तुत शैलीको खुलेर प्रशंसा गरे।
प्रतियोगितामा विभिन्न समूहका विद्यार्थीहरूले भाग लिएर आफ्ना तर्कहरू प्रस्तुत गरेका थिए। नयाँ सोच र अनुभवको महत्त्वबारे गहिरो बहस र वैचारिक टकरावका बीच कार्यक्रम अत्यन्तै उत्साहजनक वातावरणमा सम्पन्न भयो।
आज सम्पन्न प्राथमिक चरणको आधारमा उत्कृष्ट वक्ताहरू छानिएका छन् र अन्तिम फाइनल चरण असार २१ गते सम्पन्न गरिने कार्यक्रम रहेको आयोजक संस्थाले जानकारी दिएको छ।
यस प्रतियोगिताले राजनीतिक विषयमा युवाहरूको गहिरो चासो र समर्पण झल्काएको छ भने आगामी पुस्तालाई सक्रिय, सचेत र उत्तरदायी नागरिकको भूमिकातर्फ प्रेरित गर्ने विश्वास गरिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो