रबि लामिछानेलाई मुद्दा पुर्पक्षकालागि थुनामा पठाउन उच्च अदालतको आदेश

Jantedhunga

बुटवल।राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश भएको छ ।

उच्च अदालत बुटवल इजलासले सहकारी ठगी प्रकरणमा लामिछानेलाई थुनामा पठाउने आदेश गरेको हो । जिल्ला अदालत रुपन्देहीको आदेश बदर गर्दै अदालतले शुक्रबार थुनामा पठाउने आदेश गरेको हो ।

बुटवल उच्च अदालतका न्यायाधीशहरु रमेश ढकाल र स्वीकृति पराजुलीको इजलाशमा सुनुवाइ सकिएको केही समय पछि सो आदेश दिएको हो ।

बुटवलको सुप्रीम सहकारीको ठगी मुद्दामा जिल्ला अदालतले जोशीलाई थुनामा पठाएको थियो भने लामिछानेसँग १ करोड धरौटी माग गरेको थियो । सो आदेशविरुद्ध दुवै जना उच्च अदालत गएका थिए ।

Jantedhunga
प्रतिक्रिया