प्रुमुख जिल्ला अधिकारी नै भ्रष्टाचारमा लिप्त, खोटाङका प्रजिअ खतिवडालाई गरियो निलम्बन

Jantedhunga

जन्तेढंगा संवाददाता

खोटाङ । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खोटाङका प्रमुख जिल्ला अधिकारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेपछि  निलम्बनमा परेका छन । भ्रष्टाचार मुद्दा लागेपछि खोटाङका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडा निलम्बनमा परेका  हुन् । तत्कालीन सिद्धिचरण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत हुँदा विद्युत् लाइन विस्तार परियोजनामा भ्रष्टाचार गरेको आरोप उनलाई लागेको छ । 

गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले खतिवडालाई आइतबार नै निलम्बन गरिएको जानकारी दिएका छन्। खतिवडा निलम्बनमा परेपछि उनको स्थानमा अर्का प्रजिअ पठाउने निर्णय भने भइनसकेको शर्माले बताएका छन्। खतिवडा असार तेस्रो साता मात्रै प्रजिअ बनेर खोटाङ पुगेका थिए।

शर्माका अनुसार अर्को प्रजिअ नपठाउन्जेललाई सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहले निमित्त प्रजिअको भूमिका निर्वाह गर्ने छन्।

खतिवडाले तत्कालीन सिद्धिचरण नगरपालिकामा कार्यरत रहँदा उक्त नगरपालिकाको वडा नम्बर १ मा विद्युतीकरणका लागि लागत अनुमान स्वीकृत गरी नगरपालिका र उपभोक्ता समितिको जनसहभागिताबाट समेत व्यहोर्ने गरी केन्द्रीय विद्युतका लागि तार, पोल ट्रान्सफर्मर खरिद एवम् निर्माण आयोजनामा भ्रष्टाचार भएको अख्तियारले जनाएको छ।


Jantedhunga
प्रतिक्रिया