पृथ्वी नारायण क्याम्पसका सहप्राध्यापक रबिराज बरालको बिदाई

Jantedhunga

पोखरा ।पृथ्वी नारायण क्याम्पसका इतिहास विभागका सहप्राध्यापक रबिराज बरालको बिदाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रमका प्रमुख अतिथि  पृथ्वीनारायण क्याम्पस पोखराका निमित्त क्याम्पस प्रमुख डा.मिनराज लम्सालले बरालको शैक्षिक जिवनको परिचर्चा गर्दै निवृत्त जीवनको सुखद कामना व्यक्त गर्नुभएको थियो।                     इतिहास बिभागका विभागीय प्रमुख बसन्त प्रसाद पराजुलीले रबिराज बरालको उच्च प्रशंसा गर्नु भएको थियो।इतिहास विभागको तर्फबाट बिदाई मन्तव्य राख्दै अर्जुन भण्डारीले बराल सरको शैक्षिक व्यक्तित्व र जीवनका बारेमा  चर्चा गर्नु भएको थियो। पूर्व विभागीय प्रमुख राधा भण्डारीले वरालसँगको लामो सहकार्यका अनुभव साझा गर्नुभएको थियो भने विद्यार्थी कल्याण तथा खेलकुद विभाग प्रमुख बोधराज ढकालले उहाँको निवृत्त जीवनको सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको थियो।कार्यक्रममा कर्मचारीको तर्फबाट पूर्णबहादुर गुरुङले बरालको व्यक्तित्व र योगदानको बारेमा बोल्दै सेवा निवृत्त जीवन अझ सुखद बनोस्  भन्ने कामना ब्यक्त गर्नुभयो ।

विद्यार्थीहरुको तर्फबाट विपिन आचार्यले,बराल सरबाट इतिहासका विभिन्न पाटा र पक्षहरूको ज्ञान लिइरहने आशा व्यक्त गर्दै निवृत्त जीवनको शुभकामना व्यक्त गर्नुभएको थियो।

कार्यक्रममा प्रध्यापकहरु डा.मिनराज लम्साल,शंकरनाथ पौडेल, चन्द्रमणि आचार्य, डा. दीर्घमान गुरुङ, बोधराज ढकाल, अर्जुन भण्डारी, राधा भण्डारी,शिब थापा,अर्जुन पोखरेल,चन्द्रकान्त पौडेल र महेस देवकोटा लगायतका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।        इतिहास बिभागका विभागीय प्रमुख वसन्त प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन नारायण प्रसाद ढकालले गर्नुभएको थियो।

Jantedhunga
प्रतिक्रिया