खोटाङ। दिप्रुङ चुइचुम्मा गाउँपालिकाको शिक्षा शाखामा कार्यरत बिध्यालय निरीक्षक तुलसी खड्कालाई पित्री शोक परेको छ। बिध्यालय निरिक्षक खड्काको बुवा हर्क बहादुर खड्काको आज मंसिर २ गते २ बजे निधन भएको हो।
खड्काको बुवा लामो समय देखि मुटु तथा दम रोगी हुनुहुन्थ्यो। यस अघिको उपचार पछि घरमा आराम गरिरहेको अबस्थामा मिति कार्तिक ३० गते अचानक लडि स्वास्थ्य अबस्था गम्भीर भएपछि रास्ट्रीय ट्रमा सेन्टेरमा भर्ना गरी भेन्टिलेटर कक्षमा उपचार भइरहेको थियो।
स्वास्थ्य अबस्था गम्भीर भइ उपचार सम्भव नभएपछी काठमाडौ स्थित टिकाथली ललितपुरमा आफ्नो निवास तिर लैजादै गर्दा बाटोमा निधन भएको तथा अहिले निजि निवास टिकाथलीमा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको र आजै अपरान्ह ४ बजे पार्थिव शरिरलाई हिन्दु धर्म सस्कार अनुसार पशुपति आर्यघाटमा अन्त्यष्ठी गरिने निज मृतकका छोरा बिध्यालय निरिक्षक तुलसी खड्काले जानकारी गराउनु भयो।
गाउँपालिकाको शिक्षा शाखामा कार्यरत तुलसी खड्काको बुवाको असमायिक निधनले आफू र सिङ्गो गाउँपालिका परिवार स्तब्ध भएको भन्दै गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले दु:ख ब्यक्त गर्नु भयो। साथै मृतक बुवा प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै बिध्यालय निरिक्षक तुलसी खड्का लगाएत सोकाकुल परिवारजनमा सिङ्गो गाउँपालिका तर्फबाट गहिरो समबेदना समेत ब्यक्त गर्नु भयो।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो