कृषि मन्त्री बेदुराम भुषालले पदभार ग्रहणमा भने– वैशाखभित्र निर्देशिका ल्याएर काम गर्नेछु

Jantedhunga

जन्तेढुंगा न्युज डेक्स

खोटा । कृषि तथा पशुपन्छी विकास मन्त्री डा। बेदुराम भुसालले शुक्रवार पदभार ग्रहण गरेका छन् ।

भुसालले पदभार ग्रहण गर्दै संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ को दफा २२ मा उल्लेख भए बमोजिम कृषि तथा पशुपन्छी विकास सम्बन्धी कार्यमा संघ, प्रदेश र स्थानीय तह बीचका अन्तरसम्बन्ध व्यवस्थित गर्ने निर्देशिका आगामी वैशाखभित्र तयार गर्ने पहिलो निर्णय गरेका छन् ।

मन्त्रालयमा पदभार ग्रहण गरेपछि भुसालले कर्मचारीलाई मन्त्रालयको समग्र अवस्थाको बारेमा प्रस्तुतीकरण पनि लिएका छन् ।


Jantedhunga
प्रतिक्रिया