२०८० फागुन २४ गते
बिराटनगर ।मोरङ र उदयपुरबाट लागुऔषध सहित २ जनालाई पक्राउ परेका छन । पक्राउ पर्नेमा मोरङ लेटाङ नगरपालिका ५ का २४ बर्षीय राज कुंवर र उदयपुर चौदण्डीगढी नगरपालिका ६ का ३१ बर्षीय बिजय राई रहेका छन् ।
हिजो(बुधबार ) बेलुका सवा ४ बजे कुंवरलाई विराटनगर महानगरपालिका १६ हुलास चौकबाट लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले लागुऔषध लुपिजेसीक ८ एम्पुल, डाईजेपाम ८ एम्पुल, ऐभिल ८ एम्पुल र फेनारागन ८ एम्पुल सहित पक्राउ गरेको थियो यसैगरी राईलाई हिजै बेलुका साढे ५ बजे जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाई बाट लागुऔषध लुपिजेसीक ३० एम्पुल, डाईजेपाम ३० एम्पुल र फेनारागन ३० एम्पुल सहित पक्राउ गरेको थियो ।
पक्राउ परेका दुवै जनालाई समन्धित प्रहरी कार्यालय बाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो