होङमा पोखरीको बिकास र संरक्षणमा लाग्न गाउँपालिका अध्यक्ष राईको आग्रह

Jantedhunga

चिसापानी।खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर -५ स्थित होङमा पोखरीमा प्रत्येक वर्ष हरिबोधिनी एकादशीको दिन मेला लाग्ने गरेको छ ।

सदाको वर्ष झैं यस वर्ष पनि मंसिर ७ गते बिहिवार हरिबोधिनी एकादशी अर्थात् तुलसी विवाहको दिन मेला लागेको हो ।

यस पोखरीमा खासगरी पञ्चकन्या देवीको पूजा गरिने गरिएको स्थानीय बासिन्दाहरु बताउँछन् भने धार्मिक तथा ऐतिहासिक किंवदन्ती अनुसार यस पोखरीको सम्बन्ध बाराहा पोखरी, रौतापोखरी र साल्पा पोखरी संग रहेको भन्ने गरिएको पाईन्छ ।

यस क्षेत्रको मनमोहकता र धार्मिक ऐतिहासिकताको महत्त्वलाई सबै सामु प्रचारप्रसार गरि पुर्याउन सके पर्यटन प्रवर्द्धनका निम्ति यो ठाउँलाई विशेष बनाउन सकिने गाउँपालिका अध्यक्ष अरुणा देवी राईले बताएका छन् ।

सोही कुरालाई ध्यानमा राख्दै अध्यक्ष राईकै विषेश पहलमा यस वर्ष होङमा पोखरीको संरक्षण र प्रचारका निम्ति स्थानीय बासीहरुको भेला द्वारा ''होङमा पोखरी संरक्षण समिती'' गठन गरिएको छ । 

होङमा पोखरीलाई सु-व्यवस्थित गर्दै लैजान र जनमानसमा यसको अवधारणालाई र ऐतिहासिक महत्त्वको पुनर्ताजगीको निम्ति यस वर्ष थुप्रै चोटि गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष लगायतकै जनप्रतिनिधि, शिक्षक, बुद्धिजीवी,  स्थानीय बासी, सुरक्षाकर्मी साथै कर्मचारीहरुको उपस्थितिमा सरसफाइ र विभिन्न प्रजातीका फूल अनि वृक्षारोपण कार्य सम्पन्न गरिएको छ ।

आगामी वर्षहरूमा यस क्षेत्रको मेला व्यवस्थापन र विकासको निम्ति गाउँपालिकाले विशेष योजना बनाएर अघि बढ्ने र यसको निम्ति सबै जुट्नु पर्ने गाउँपालिका अध्यक्ष राईले बताएका छन् ।

यस पोखरीमा दुर्लभ रातो माछा पनि देखिने गरेको स्थानीयहरु बताउँछन्।

Jantedhunga
प्रतिक्रिया