असोज ५, खोटाङ ।
राष्ट्रिय स्वतन्त्र पार्टी खोटाङले असोज ५ गते शुक्रबारका दिन विधिवत रुपमा जिल्ला सदरमुकाम दिक्तेल बजार स्थित भवन गैरामा जिल्ला पार्टी कार्यालयको स्थापना गरेको छ ।
उक्त पार्टीले कार्यालय स्थापना संगै असोज ६ गते शनिबार पार्टी कार्यालयमा विशेष भेटघाट तथा छलफल कार्यक्रमको समेत आयोजना गरेको छ ।
बिहान ९ बजे पार्टी कार्यालयमा पार्टी को टि-सर्ट वितरण गर्ने र ९:३० बजे देखि पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभाका सदस्य माननीय सांसद गणेश पराजुली सहितको टोलीले भवन गैरा देखि दिक्तेल बजार परिक्रमा गर्ने कार्यक्रम तय गरेको स्रोतले जनाएको छ ।
बिहान ११:३० देखि दिउँसो ३:३० बजे सम्म जिल्ला समन्वय समिति खोटाङको सभा हलमा कार्यक्रम गर्ने तय भएको सो पार्टीले सूचना मार्फत सार्वजनिक जानकारी गराएको छ ।
खोटाङमा नेपाली काङ्ग्रेसका प्रभावसाली नेता डाक्टर राजकुमार राई र नेकपा एमालेका बौद्धिक युवा नेता रवीन्द्र ओझा लगायत अन्य राजनितीक दलका नेता कार्यकर्ता तथा थुप्रै स्वतन्त्र युवाहरु यस पार्टी मा आवद्ध भइसकेका छ्न ।
वरिष्ठ सञ्चारकर्मी रवी लामिछानेको नेतृत्वमा "जान्नेलाई छान्ने" भन्ने मूल नारालाई अगाडि सार्दै गत मंसिर ४ गतेको प्रतिनिधि सभाको निर्वाचन बाट अप्रत्याशित रुपमा संसदको चौथो ठूलो दलको रुपमा स्थापित यस पार्टी ले हाल ७७ वटै जिल्लाहरुमा आफ्नो संगठन विस्तारलाई तिव्र बनाउदै गइरहेको छ ।
