कोशी प्रदेश सरकारको प्रवक्तामा भूपेन्द्र राई

Jantedhunga

बिराटनगर ।खोटाङ प्रदेश सभा " ख"  बाट निर्वाचित कोशी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास एवं स्वास्थ्यमन्त्री भूपेन्द्र राईले प्रदेश सरकारको प्रवक्ताको जिम्मेवारी पाएका छन्। 

कोशी प्रदेशको आज!(बुधबार )बसेको मन्त्रिपरिषद् बैठकले मन्त्री राईलाई प्रवक्ताको जिम्मेवारी दिएको हो। यसअघि सरकारका प्रवक्ताको जिम्मेवारी पाएका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी जापान भ्रमणसँग सम्बन्धित विवादमा मुछिएपछि आजै राजीनामा दिएका थिए ।                                                                  अधिकारीको राजीनामासँगै प्रवक्ताको जिम्मेवारी राईले पाएका हुन्। 


Jantedhunga
प्रतिक्रिया