काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमिति चयनका लागि निर्वाचन समितिले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार असोज १९ गते साँझ ५ बजेदेखि निर्वाचनसम्बन्धी प्रक्रिया सुरु हुनेछ । सोही समयमा मतदाता नामावली प्रकाशन गरिनेछ भने साँझ ५ देखि ६ः३० बजेसम्म नामावलीमाथि दाबीविरोधको समय तोकिएको छ । अन्तिम मतदाता नामावली राति ८ः३० बजे प्रकाशन गरिनेछ ।
असोज २० गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उम्मेदवारी मनोनयन दर्ता हुनेछ । त्यसपछि अपराह्न ४ः३० बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गरिनेछ भने ४ः३० देखि ५ः३० बजेसम्म उम्मेदवारीमाथि दाबीविरोधको समय दिइएको छ । उम्मेदवारको दोस्रो नामावली सोही दिन साँझ ७ बजे प्रकाशन हुनेछ ।
असोज २१ गते बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिनेछ । बिहान १० बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने सो दिनभर प्रचारप्रसार गर्न पाइनेछ ।
असोज २२ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन समितिले जनाएको छ । मतदानका लागि राष्ट्रिय सभागृह, खुलामञ्च र नेपाल प्रज्ञा–प्रतिष्ठान परिसरमा व्यवस्था मिलाइएको छ ।
मतदान सम्पन्न भएलगत्तै मतगणना सुरु गरिने निर्वाचन समितिले जनाएको छ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो