खोटाङ। आज नेकपा एमाले दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ डाँडागाउँमा आयोजित वडा स्तरीय कार्यक्रम को अवसर पारेर नेपाली कांग्रेस र एकीकृत नेकपा माओबादी परित्याग गरि ठुलो युवा जमात नै नेकपा एमाले प्रबेश गरेका छन् ।
नेपालि कांग्रेसका दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ का निर्वाचित वडाध्यक्षका छोरा सबिन कटुवालको नेतृत्वमा नेकाबाट १२ जना र एकीकृत माओबादी दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. २ का वडा कमिटी सचिव भुपराज कटुवालको नेतृत्वमा ३ जना साथै एकीकृत समाजवादीबाट २ गरि १७ जना नेकपा एमालेमा प्रबेश गरेका हुन् ।
नेकपा एमाले दिप्रुङ चुइचुम्म्मा गाउँपालिका वडा नं. २ डाँडागाउँ कमिटी अध्यक्ष इश्वर कटुवालको अध्यक्षता र नेकपा एमाले दिप्रुङ चुइचुम्मा गाउँपालिका इन्चार्ज तथा जिल्ला कमिटी सचिवालय सदस्य लोकेन्द्र राईको प्रमुख आथित्यमा अन्तकृया तथा पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको थियो।
कार्यक्रममा नेपाली कांग्रस डाँडागाउँबाट सबिन कटुवाल, बिस्णु कुमार खड्का, राजन खत्री, उर्मिला परीयार, रमेश परियार लक्षण कटुवाल, उमेश परियार, अस्विन तामाङ र रमेश मगर, टेम्मा, दिलिप मगर टेम्मा, राजन मगर टेम्मा, बलराम मगर टेम्मा, प्रशन मगर, पर्शु मगर टेम्माबाट, यसैगरी एकीकृत माओबादी केन्द्र डाँडागाउँ वडा कमिटी सचिव भुपराज कटुवाल, रामजी बि.क., सुजन मुग्राती साथै एकीकृत समाजवादीबाट पदम नेपाली लगाएतले अन्य पार्टीबाट देश र जनताको हित नहुने भन्दै नेकपा एमाले प्रवेश गरेका हुन् ।
कार्यक्रममा दिप्रुङ चुइचुम्मा गाउँपालिका वडा नं. ४ बतासेका एमाले पार्टी अध्यक्ष सुपेन्द्र राई, गाउँपालिका कमिटी उपाध्यक्ष मनोज राई, अध्यक्ष धनकुमार राई जिल्ला सदस्यहरु राजदेश राई, बबिन्द्र राई, भिम खत्री लगाएतको उपश्थिती रहेको थियो।
कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा नवप्रवेशीलाई स्वागत तथा संबोधन गर्दै नव प्रबेशीहरुलाई बिना कन्चुसाँइ सम्मानका साथ स्थान दिइने भन्दै ठूलो मनका साथ उत्साहपुर्वक पार्टी काममा लाग्न निर्देशन दिदै अब गठबन्धनको नाटक गरेर अन्य केहि पार्टीहरुका अस्थित्व सधैं नजोगिने भएकाले मुलुकको संवाहक जनअनुमोदित पार्टी नेकपा एमालेमा समाहित हुन सबैलाई गाउँपालिका इन्चार्ज लोकेन्द्र राईले आह्वान समेत गरे।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो