वडा अध्यक्षको सराहनीय काम : शुभकामना कार्डको सट्टा विपन्न परिवारलाई खाद्यान्न वितरण

Jantedhunga

खोटाङ ।खोटाङको जन्तेढुंगा गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष सागर राईले नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा खाद्यान्न वितरण गरेका छन् ।

वडा अध्यक्ष राईले आफ्नै व्यक्तिगत खर्चमा एघार विपन्न परिवारलाई असोज २३ गते बुधबारका दिन वडा कार्यालयमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा चामल, तेल, नुन र डिटोल साबुन लगायतका सामग्री वितरण गरेका हुन् ।

सदाको वर्षहरूमा आफूले शुभकामना कार्ड छापेर वितरण गर्ने गरेको तर यस वर्ष भने त्यसको सट्टामा विपन्न परिवारलाई थोरै भएपनि राहत स्वरुप खाद्यान्न प्रदान गरेर शुभकामना व्यक्त गरेको अध्यक्ष राईले बताएका छन् । 

यसरी शुभकामना कार्डको सट्टामा चाडपर्वको समयमा आर्थिक अभावका कारण दुई छाक जोड्न मुस्किल पर्ने कतिपय विपन्न परिवारका लागि वडा अध्यक्ष राईले गरेको यो सराहनीय कार्य भएको भनी सामाजिक संजाल मार्फत अहिले उनको प्रशंसा भइरहेको छ ।

Jantedhunga
प्रतिक्रिया