चिसापानी । खोटाङको जन्तेढुंङा गाउँपालिका -५ मा मिलको फिताले घाँटीमा बेरिएर घाइते स्थानीय ४५ वर्षीया कमला खड्काको उपचारको क्रममा मृत्यु भएको छ।
दिल बहादुर खड्काले चिसापानीमा संचालन गरेको कुटानी पिसानी मिलमा धान कुट्ने क्रममा मिलको फित्तामा परेर घाइते खड्का लाई उपचारका लागि तत्काल प्राथमिक स्वास्थ केन्द्र,चिसापानी पुर्याइए उपचारका क्रममा पनि डाक्टरले मृत घोषणा गरेका थिए
आवश्यक कानुनी प्रक्रिया पुरा गरि मृतक खड्काको शव पोष्टमार्टम पछि दाहसंस्कार गरिएको छ। घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसंधान गरिरहेको जनाएको छ।
Jantedhunga
sunday 09 feb 2025
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो