बैशाख ३,
बिराटनगर ।सुनसरी र झापाको अलगअलग स्थानबाट लागुऔषध ब्राउनसुगर ओसारपसारमा संलग्न ५ जनालाई प्रहरीको नियन्त्रणमा लिएको छ । बिशेष सुचनाको आधारमा आइतबार दिउँसो सुनसरीको इटहरी उप-महानगरपालिका-१२ स्थित कोशी लोकमार्गमा बिराटनगरबाट ईटहरीतर्फ जादै गरेको प्रदेश १-०२-००३ ह ९६०७ नम्बरको सिटी सफारीलाई रोकी चेक जाँच गर्दा सिटी चालक भारत बिहार अररिया घर भई हाल बिराटनगर-१७ मा बस्दै आएका मोहमद ईब्रानले फ्लोरेसेन्ट ज्याकेटमा प्लाष्टिकमा पोको पारेर लुकाई छिपाई राखेको अवस्थामा २ ग्राम ८ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो ।
यसैगरी इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीको टोलीले २ ग्राम ३०० ग्राम ब्राउनसुगर र नगद २५ हजार सहित कमल गाउँपालिका-५ का हिक्मत धिमाल, सुदिप धिमाल, न्युसन राई र पिजल धिमललाई २ ग्राम ३०० ग्राम ब्राउनसुगर र नगद २५ हजार सहित नियन्त्रणमा लिएको छ ।
ब्राउनसुरगर सहित पक्राउ परेका उनिहरुको बारेमा समन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेक कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ। ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो