इनरुवा ।सुनसरीको बराहक्षेत्र नगरपालिका-२बाट गाँजा बोकेको भारतीय नम्बर प्लेटको एम्बुलेन्स सहित ओसारपसारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो(वैशाख २२ गते )अपरान्ह इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा BR07PC4765 नम्बरको एम्बुलेन्समा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको १४८ किलोग्राम गाजाँ बरामद गरेको हो । गाँजा बरामद भएसगै ओसारपसारमा संलग्न चालक भारत बिहार सुपोलका धर्मेन्द्र कुमार यादव र एम्बुलेन्समा सवार मो. सदामलाई नियन्त्रणमा लिएको छ । गाँजा सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जानकारी दिएको छ ।
Jantedhunga
wednesday 06 may 2026
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो