खोटाङ / खोटाङको जन्तेढुंगा स्थित चिसापानी बजारमा कम्प्युटर सेन्टरको स्थापना भएको छ । प्रो. किरण राई द्वारा संचालित "ब्राइट कम्प्युटर सेन्टर" नामक उक्त कम्प्युटर सेन्टरको दर्ता न. १४६९ / २०७३-७४ र पान न. ६०३७०४८२० रहेको छ ।
जन्तेढुंगा गाउँ पालिकाकै कार्यालय रहेको चिसापानी बजारमा विधिवत रुपले स्थापना भएको यस सेन्टरमा basic course, photo shop programme र advanced course को पढाई हुने प्रो. किरण राईले बताउनु भएको छ । कम्प्युटर सिक्न चाहने धेरै मानिसहरुले यति कामकै लागि पनि कोसी तरेर तराई तिर झर्नु पर्ने बाध्यात्मक अवस्था देखेर आफूले यस सेन्टरको स्थापना गरेको उहाँले बताउनु भएको छ । हाल आफू घाटै सहेर भएपनि स्थानीय बासीलाई सुबिधा दिने उद्देश्यबाट कोठा भाडा तिरेर संचालनमा ल्याएको यस कम्प्युटर सेन्टरमा अहिले भने basic course गर्ने विद्यार्थीहरु मात्रै रहनु भएको उहाँले बताउनु भएको छ । आफूले जुन उद्देश्यका साथ थालनी गरेको थिएँ त्यहाँ बाट मलाई अझ धेरै हौसला मिलेको छ उहाँले भन्नु भयो । खासगरी मैले विद्यालय पढ्ने उमेर समूहका भाइबहिनीहरु मात्रै पढ्न आउनु हुन्छ होला भन्ने लागेको थियो तर अहिले यहाँ स्थानीय जनप्रतिनिधि जिल्ला समन्वय समिति खोटाङका सदस्य मोहन सुप्तिहाङ राई पनि पढ्न आउनु हुन्छ उहाँको आगमनले मलाई थप उर्जा र हौसला मिल्नका साथै शिक्षा आर्जन गर्न लाज मान्न नहुने र कुनै पनि उमेर समूहले छेक्दैन भन्ने चरितार्थ भएको बताउनु भएको छ ।
अहिले धेरै विद्यार्थीहरु सम्पर्कमा आइरहनु भएको छ, पहाडको ठाउँ भएकोले वर्षाको सिजन सकिएपछि पढ्न आउने भनिरहनु भएको छ भन्दै हामी संग कुराकानीको क्रममा उहाँले कम्प्युटर सिक्न चाहनु हुने सम्पूर्ण स्थानीय बासीलाई अवसरको फाइदा लिन अनुरोध गर्नु भएको छ ।
प्रो. किरण राई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीमा कार्यरत एक स्वास्थ्यकर्मी र स्थानीय जन्तेढुंगा ५ पाथीभरा निवासी हुनुहुन्छ भने यस सेन्टरको स्थापना बाट धेरै स्थानीय बासी हर्षित हुनु भएको छ ।
Jantedhunga
राशिफल
सुन चाँदि
युनिकोड
विनिमय दर
मौसम
शेयर बजार
पात्रो